सफलताका लागि पाँच प्रकारको भावना

उपासक योगराज दाहाल , मन्डेला म्यानमार (बर्मा)

” बुद्ध भन्नुहुन्छ – सबै मानिसलाई सफलहुने अवकाश छ ”
यद्यपि सफलताका लागि नियमहरुको पालन गर्नुपर्दछ

हिजो बुद्ध प्रशिक्षित ( 5 ) प्रकारका सफलताका लागि गर्नुपर्ने भावना प्रस्तुत गर्दा मित्रहरुले एक एकको अर्थ पनि प्रस्तुत गर्न आग्रह हुनाले आज संक्षिप्तमानै प्रस्तुत गर्न प्रयास गर्दैछु – आभारी ती मित्रहरु प्रति ।

१ – चीरकाल भावना – कुनैपनि कार्य गर्दा तत्क्षण सफलता प्राप्त हुँदैन । अलि कति समय दिएर त्यो कार्यका लागि प्रयास गर्नु पर्ने हुन्छ । कतिपय मानिस कुनै कार्य आरम्भ गरो अनि भएन भन्दै एकै छिनमा चट्ट छोडेर अर्को पछि लाग्दछन् । त्यसो गर्नाले सफलता हासिल गर्न सरल पर्दैन । अझ बिस्तृतमा भन्नु पर्दा कति सज्जनहरु अतीतमा अभ्यस्त भैसकेको हुनाले त्यो अतितको पारमिताले अलि शीघ्र पारंगत हुन्छन् र सफलता हासिल गर्दछन् त्यस्ता मसिना कुरा पनि बुझेर सफलता चाहनेले आफूले आरम्भ गरेको कार्यमा समय दियेर प्रयास गर्नुपर्दछ । त्यस् परिपार्टिलाई ” चीर काल भावना भनिन्छ ” ।
*********************

२ – निरन्तर भावना – जुनै काममा सफलता पाउन त्यो कार्य सफल नभए सम्म दृढता साथ सधैं त्यो कार्यमा ध्यान दिनुपर्दछ । अन्यथा आज गरो भोलि छाडो अनि पर्सि पुन गरेझैं गरो त्यसरी सफल हुँदैन । कतिपय मानिसहरुको चीरकाल लगन नहुनाको कारण कुनैपनि कार्य जीवनमा सफल नभएको देखिन्छ । कार्यहरु सफल नभए सम्म लागू पर्नुपर्दछ । त्यसैलाई ” निरन्तर भावना भनिन्छ “।
*******************

३ – निरवशेष भावना – यो बिधि निकै महत्वपूर्णछ । निरवशेषको अर्थ कुनै पनि कार्यगर्दा त्यस्को कुनै प्रकारको प्रयासमा र बिधि बिधानमा कमि कमजोरी हुन नदिईकन बिधिपूर्ण रुपले कार्य सुचारु गर्नुपर्दछ । आवश्यक प्रबिधिहरुको पनि आवश्यकता अनुसार प्रयोग गर्नु पर्दछ । यस लाई ” निरवशेष भावना भन्छ ”
****************

४ – सक्कच्च भावना – यो सक्कच्च भावना गौरव धर्म पनि हो । आफ्नु कार्यमा गौरव वा आदरार्थी भाव हुनु पर्दछ । लापरवाहीपन पटक्कै हुनु हुँदैन । लापरवाही भावना राखेर कुनै कार्यमा सफलता हासिल गर्न सम्भव हुँदैन । कार्य प्रति बिनम्रता वा आदरार्थी भावलाईनै ” सक्कच्च भावना भनिएकोहो ” ।
********************

५ – अभिरति भावना – कार्य गर्दा कुनैपनि आरम्भ गरेको कार्यमा अभिरुचि वा हर्ष पूर्ण भावना हुन नितान्त आवश्यक पर्दछ । अभिरुचि नभए सम्म कुनै कार्य गर्न सहज र सरल हुन सक्दैन । एउटा बोझको भान हुन्छ कर्ममा जुन हुनु पर्ने स्फूर्ति हुँदैन र माथि प्रस्तुत भावनाहरु बन्न सक्दैनन् । त्यसैले जीवनमा जुन कार्य गर्नु परेता पनि त्यस्मा हुनु पर्ने प्रफुल्ल भावहो ” अभिरति भावना ” ।
*************

यी पाँच प्रकारका भावनाहरु मानिसले सफलताका लागि अपनाउने भावना हुन् भनी गौतम बुद्ध बडो उपकारी भावनाले सम्पूर्ण मानिसलाई शिक्षा दिनु हुन्छ ।

Published by All_About_Passion

https://allaboutpassionhome.wordpress.com

Leave a comment

Design a site like this with WordPress.com
Get started